राप्ती गाउँपालिकाको विभिन्न वडाबाट अवैध घरेलुु मदिरा बरामद



राप्ती गाउँपालिकाको विभिन्न वडाबाट अवैध घरेलुु मदिरा बरामद

भालुवाङ २० माघ । इलाका प्रहरी कार्यालय भालुवाङले राप्ती गाउँपालिकाको विभिन्न वडाबाट अवैध घरेलुु मदिरा बरामद गरि नष्ट गरेको छ ।

विभिन्न मितिमा राप्ती गाउँपालिकाको वडा नम्बर १, ३ र ४ बाट प्रतिबन्धित अवैध २ सय लिटर घरेलु मदिरा बरामद गरि आज विहान ११ बजे इलाका प्रहरी कार्यालयको कम्पाउण्ड भित्र खाल्डो खनेर गाडेको प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिएका छन् ।

प्रहरी निरिक्षक भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले सो मदिरा विभिन्न मितिमा बरामद गरेको थियो । बरामद गरिएको मदिरा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसीको रोहवरमा प्रहरी, स्थानीय समाजसेवी बुद्धिजीवी, भद्रभलादमी, पत्रकार सहितको टोलीले सो मदिरा नष्ट गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे