पश्चिम दाङमा २ लाख बढि रकम सहित ८ जुवाडे पक्राउ



पश्चिम दाङमा २ लाख बढि रकम सहित ८ जुवाडे पक्राउ

दाङ २० माघ । दाङमा ८ जना जुवाडे पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गएराति ७ बजेतिर शान्तिनगर गाउँपालिका वडा नम्बर ५ बाट प्रक्राउ गरिएको हो ।

स्थानीय ३२ बर्षीय निराजन मल्लको घरमा जुवा खेलिरहेको अबस्थामा २ लाख ८२ हजार ३ सय ५ रुपैँया नगद सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा मल्लसहित शान्तिनगर गाउँपालिका वडा नम्बर ७ निवासी ४० बर्षीय प्रमोद कुमार खड्का, ४५ बर्षीय उत्तम डाँगी, ३२ बर्षीय रमेश रावत , ४० बर्षीय बलिराम खत्री रहेका छन् ।

यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ निवासी राजेशकुमार बोहरा, तुलसीपुर १० का ५८ बर्षीय ध्रुब शाह, भारतको विहार घई भई हाल शान्तिनगर ५ बस्ने ३५ बर्षीय हजरत अलिलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे