लमही खानेपानीको निर्वाचन माघ २२ गते हुने, अध्यक्षमा पौडेल र चौधरी भिड्दै



लमही खानेपानीको निर्वाचन माघ २२ गते हुने, अध्यक्षमा पौडेल र चौधरी भिड्दै

लमही १८ माघ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन माघ २२ गते हुने भएको छ । निर्वाचन हुने भएपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

जस अन्तरगत माघ १९ गते विहान ९ देखि १२ बजेसम्म उम्मेदवार मनोनयनको दर्ता गर्ने, सोही दिन १२ देखि २ बजे सम्म उम्मेदवार उपर दावी विरोध गर्ने, सोही दिन २ देखि ३ बजे सम्म उम्मेदवारी फिर्ता गर्ने, सोही दिन सवा ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, सोही दिन बेलुका ४ बजे उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन समितिका संयोजक कुलचन्द्र पौडेलले जानकारी दिएका छन् ।

यस्तै सोही दिन बेलुका ४ बजेदेखि माघ २१ गते राती १२ बजेसम्म चुनाव प्रचारप्रसार गर्ने, माघ २२ गते विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदान गर्ने र सोही दिन मतदान पश्चात् मत गणना हुने निर्वाचन समितिले जनाएको छ । मतदान लमहीको सार्वजनिक बगैँचामा हुने भएको छ । निर्वाचन हुने भएपछी खानेपानीको नेतृत्व कसले लिने भन्नेमा दौडधुप सुरु भएको छ । अध्यक्ष पदका लागि जंग बहादुर चौधरी र सनमकुमार पौडेल विच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

अघिल्लो समितिको पदावधि सकिएपछि निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि लोकतान्त्रिक प्यानल (नेकपा एमाले) एक्लै तथा कांग्रेस, माओबादी, समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मेलित संयुक्त प्यानल संग चुनाब हुने भएको छ । नेपाली कांग्रेसले अध्यक्षमा जंगबहादुर चौधरी, सदस्यमा किरण चौधरी, ज्ञानेन्द्र स्वर्णकार, शिवा चौधरीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेले अध्यक्षका लागि सनम कुमार पौडेल, उपाध्यक्ष पदका लागि अझै टुंगो लाग्न सकेको छैन । सचिवमा दशरथ घिमिरे, कोषाध्यक्षमा देवमणी चौधरी, महिला सदस्यमा बिमला डाँगी, सरस्वती पुन मगर, खुल्ला सदस्यमा टेकबहादुर महरा, धनमाया चौधरी, पप्पु डाँगीलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेपाली कांग्रेस, माओबादी केन्द्र, एकीकृत समजावादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएर निर्वाचनमा होमिएको छ ।
माओबादी केन्द्रले कोषाध्यक्षमा बासु गौतम, सदस्यमा सीता केसी पोख्रेल, एकीकृत समाजवादीले उपाध्यक्ष सीता चौधरी र सदस्यमा जगनारायण चौधरीलाई उम्मेदवार बनाएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाले सचिवमा बसन्तराज आचार्यलाई उम्मेदवार बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे