पत्रकार महासंघ दाङका सहसचिव घिमिरेले लमही खानेपानीकाे सचिवमा उम्मेदवारी दिने



पत्रकार महासंघ दाङका सहसचिव घिमिरेले लमही खानेपानीकाे सचिवमा उम्मेदवारी दिने

लमही १८ माघ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सचिवमा नेपाल पत्रकार महासंघ दाङका सहसचिव दशरथ घिमिरे उम्मेदवारी दिने भएका छन । लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी पत्रकार घिमिरेलाई नेकपा एमालेले सचिव पदमा उम्मेदवार बनाएको हो ।

लामो समय देखि पत्रकारिता गर्दै आएका घिमिरे जिल्लामै नाम चलेका पत्रकारमा पर्दछन । उनी दाङबाट प्रकाशित नयाँ युगबोध राष्ट्रिय दैनिक, रेडियो नयाँ युग एफ एम का समाचार प्रमुख, देश सञ्चार अनलाइन पत्रीका, दाङ समाचार अनलाइन पत्रिकाका सह सम्पादक, नेपाल टेलिभिजन देउखुरी सम्वाददाता लगायत धेरै सञ्चार संस्थामा आबद्द भएर पत्रकारिता गरिरहेका छन । उनी लुम्बिनी प्रदेशका सांसद रेवती रमण शर्माका स्वकीय सचिव पनि हुन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे