लमही नगरपालिकाद्वारा ९ वटै वडामा ९० थान न्यानाे कपडा बितरण



लमही नगरपालिकाद्वारा ९ वटै वडामा ९० थान न्यानाे कपडा बितरण

लमही १८ माघ । लमही नगरपालिकाले ९ वटै वडाहरुमा पुगेर अति बिपन्न परिवारहरुलाई ९० थान न्यानाे कपडा वितरण गरेको छ । सोमबार र मंगलबार गरि दुई दिनकाे अवधिमा उक्त न्यानो कपडा वितरण गरेको बिपद शाखाले जनाएको छ ।

६० बर्ष माथिका र राज्यबाट कुनै पनि सुबिधा अहिले सम्म नपाएकालाई उक्त न्यानो कपडा वितरण गरेको हाे । नगरपालिकाकाे आन्तरिक स्रोतबाट उक्त न्यानाे कपडा वितरण गरिएको हो । नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा ९ वटै वडाका १०/१० जनालाई १/ १ थान ब्लाङकेट बितरण गरिएको हाे ।

न्यानाे कपडा पाएपछि जेष्ठ नागरिकहरू निकै हर्षित भएका छन् । वडा नम्बर १ देखि सुरु भएको न्यानाे कपडा बितरण कार्यक्रम मंगलबार वडा नम्बर ९ मा गई समापन गरिएको थियाे ।

कार्यक्रममा पत्रकार श्रवण बस्नेत र सम्बन्धित वडा अध्यक्ष तथा टाेल सुधार समितिका पदाधिकारीहरु र अन्य जनप्रतिनिधिहरुकाे राेहवरमा उक्त न्यानाे कपडा बितरण गरिएको थियाे । कार्यक्रमको सञ्चालन लमही नगरपालिका विपद व्यवस्थापन शाखाकी प्रमुख गायत्री थापाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे