आदर्श नमुना मावि लालमटियामा थप नयाँ बस सञ्चालन



आदर्श नमुना मावि लालमटियामा थप नयाँ बस सञ्चालन
लालमटिया १८ माघ । आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका २ लालमटियाले थप आर्को नयाँ स्कुल बस सञ्चालनमा ल्याएको छ ।
विद्यालयको २१ लाख र राप्ती गाउँपालिका २ नम्बर वडा कार्यालयको ८ लाख गरि कुल २९ लाखको लगानीमा ४२ सिटे स्कुल बस सञ्चालनमा ल्याएको हो । एउटा बसबाट विद्यार्थीरूलाई समयमै स्कुल पुर्याउन नसक्ने भएपछि वडा कार्यालय सँगको साझेदारीमा विद्यालयले नयाँ बस खरिद गरेको हो ।
नयाँ बस थप भएपछि विद्यार्थीहरू समेत खुसी भएका छन् । शिशु कक्षा देखि १२ कक्षा सम्म सञ्चालनमा रहेको विद्यालयमा कुल २ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । जसमा बस चढ्ने विद्यार्थी मात्रै ५ सय जना रहेका छन् । पुर्वमा पुरानो भालुवाङ बजार देखि पश्चिममा सिसहनियाँ, उत्तरमा पहाडी इलाका र दक्षिणमा राप्ती नदी पारि गढवा गाउँपालिका क्षेत्रबाट विद्यार्थीहरू यस विद्यालयमा अध्ययनका लागि आउने गरेका छन् । नयाँ स्कुल बस सँगै अव विद्यालयमा २ वटा बस सञ्चालन हुने छन् ।
राप्ती गाउँपालिकाको ९ वटै वडालाई सेवा क्षेत्र बनाएको विद्यालय दाङ जिल्लामै उत्कृष्ट विद्यालयको रूपमा परिचित रहेको छ ।
यसै बिच मंगलबार विद्यालयमा नयाँ स्कुल बसको पुजापाठ समेत गरिएको छ । राप्ती गाउँपालिका २ नम्बर वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर थापाको अगुवाईमा पुजापाठ गरिएको हो ।
सो अवसरमा वडा सदस्यहरू बसन्त नेपाली, फुर्सी नेपाली, लालबहादुर चाैधरी, पिमा गाहा मगर, शिक्षक अभिभावक संघका अध्यक्ष विमला बेल्वासे, विद्यालय व्यवस्थापन समितिका सदस्य दुखराम सार्की, विद्यालयका प्रअ किरण पोख्रेल, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेसन म्यानेजर ओमप्रकाश गुप्ता, लेखा तथा प्राविधिक प्रमुख अरूण पाैडेल, शिक्षक शिक्षिका तथा विद्यार्थी, अभिभावकको समेत सहभागीता रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे