कालो पहिरन सहित आँखामा कालो पट्टि बाधेर घोराहीमा बलात्कारका घटना बिरुद्ध प्रदर्शन



कालो पहिरन सहित आँखामा कालो पट्टि बाधेर घोराहीमा बलात्कारका घटना बिरुद्ध प्रदर्शन

दाङ ६ कार्तिक । घोराहीका विद्यार्थी युवा महिलाहरु सडकमै उत्रिएर बलात्कारका घटना बिरुद्ध घाेराहीमा प्रदर्शन गरेका छन् । कालो पहिरन सहित आँखामा कालो पट्टि बाधेर उनीहरुले  सरकार बिरुद्ध प्रर्दशन गरेका हुन् । घोराहीका दुई वटा चोकमा उनीहरुले प्रर्दशन गरेका हुन् ।

घोराहीको दामोदर चोकमा ३ देखी ४ बजे सम्म र दिपशिखा चोकमा ४ देखी ५ बजे सम्म प्रदर्शन गरेका हुन् ।दिनप्रति दिन बढ्दै गईरहेको बलत्कार जस्तो जघन्य अपराधका घटना न्युनिकरणमा सरकारले चासो नदिएको भन्दै सरकार बिरुद्ध उनिहरुले प्रर्दशन गरेका हुन् । दिनप्रतिदिन बलत्कारका घटना बढ्दै जादा पनि सरकारले ठोस कदम चाल्न नसकेको प्रति दुख ब्यक्त गरेका हुन् ।

सरकार बलात्कारीलाई संरक्षण दिने होईन पिडितमैत्री हुन आवश्यक रहेको बताएका छन् ।महिलाहरुले सरकार आफुसँग भएको महशुस गर्न सक्ने वातावरण बनाउन आग्रह गरेका छन् । बलात्कारका घटना न्युनिकरणका लागी सबै भन्दा पहिले बनेका कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन जरुरी भएको बताएका छन् ।दाङमा पछिल्लो समय बलात्कारका घटना विरुद्धको प्रदर्शन बढ्दै गएको छ । एक महिना भित्रै घोराहीमा ३ पटक सकडमै बिरोधका कार्यक्रम भएका छन् । आज पनि

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे