LISTEN LIVE RADIO

घरपरिवार भित्र दशै‌ मनाउन र देउसी भैलाे नखेल्न प्रशासनकाे आग्रह



घरपरिवार भित्र दशै‌ मनाउन र देउसी भैलाे नखेल्न प्रशासनकाे आग्रह

दाङ ६ कार्तिक । जिल्ला प्रशासन कार्यालय दाङले घरपरिवार भित्र दशै‌ मनाउन र देउसी भैलाे नखेल्न आग्रह गरेकाे छ ।  कोरोना जोखिम उच्च दरले बढी रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङले चाडपर्वको समयमा भिडभाड हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह पनि गरेको छ । नेपालीहरुको महान चाडपर्व नजिकिए सँगै भिडभाड हुन सक्ने भन्दै प्रशासनले ब्यक्तिगत तथा सामुहिक रुपमा सचेतना अपनाउन आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जो जहाँ छौँ सोही ठाउँमा नै चाडपर्व मनाउन अपिल गर्न भएको छ। उहाँले जारी गरेको सूचनामा भनिएको छ ‘अति आबश्यक नपरेमा घरबाट बाहिर ननिस्कन, शक्ति पीठ तथा मठमन्दिरमा दर्शन गर्न नजान, देउसी भैलो नखेल्न नखेलाउन, स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्न सबैमा हार्दिक अनुरोध गर्दछौँ । साथै प्रमुख जिल्ला अधिकारी आचार्यले विजया दशमी, दिपावली, नेपाल सम्वत्, छट लगायत चाडपर्वको उपलक्षमा सबैमा शुभकामना ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे