देउखुरीको विजौरीमा दुई मोटरसाइकल ठोक्किदा ३ जना घाइते



देउखुरीको विजौरीमा दुई मोटरसाइकल ठोक्किदा ३ जना घाइते

ओमप्रकाश गुप्ता, सिसहनियाँ ५ कार्तिक ।

दाङको देउखुरीमा दुई मोटरसाइकल ठोक्किदा ३ जना घाइते भएका छन् । लमही भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ८ विजौरीमा बुधवार विहान ७ ः ५५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ गइरहेको लु ४६ प ८९५३ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ गइरहेको भे ४ प ३४१८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा लु ४६ प ८९५३ नम्बरको मोटरसाइकलका चालक प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्बर ४ बस्ने अन्दाजी २५ वर्षका लक्ष्मण न्यौपाने गम्भीर घाइते भएका छन् ।

उनको दायाँ खुट्टा भाँचिएको छ । भने सोही मोटरसाइकल पछाडी बसेका राप्ती गाउँपालिका वडा नम्बर २ बस्ने ६८ वर्षका हिरा गिरी सामान्य घाइते भएका छन् । त्यसै गरी भे ४ प ३४१८ नम्बरको मोटरसाइकल पछाडी बसेका विरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ सुर्खेत बस्ने १६ वर्षका रोशन बुढा पनि गम्भीर घाइते भएका छन् । उनको हात र मुखमा गहिरो चोट लागेको छ ।

घाइते ३ जनाको लमही अस्पतालमा सामान्य उपचार पछि न्यौपानेलाई बुटवल रेफर गरिएको छ भने बुढालाई नेपालगञ्ज रेफर गरिएको प्रहरी चौकी सिसहनियाँले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे