LISTEN LIVE RADIO

लमही नगरपालिकाद्वारा किसानलाई घाँसकाे बीउ बितरण 



लमही नगरपालिकाद्वारा किसानलाई घाँसकाे बीउ बितरण 

श्रवण बस्नेत, लमही ५ कार्तिक ।  लमही नगरपालिका पशु सेवा शाखाले बुधवार एक कार्यक्रमका बिच ब्यबसायिक पशुपालन गर्दै अाएका किसानलाई निशुल्क रुपमा अनुदानमा घाँसकाे बीउ वितरण गरेकाे छ ।  लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेल्वासे, लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिमबहादुर केसीले संयुक्त रुपमा घाँसकाे बितरण गरेका हुन् ।

बर्सिम र जय नामक जातका घाँसकाे बीउ उपलब्ध गराइएको हाे । बितरण पछि अायाेजित कार्यक्रमलाई संम्बाेधन गर्दै नगर प्रमुख कुलबहादुर केसीले नगर पालिका तपाईंहरुकाे साथ र सहयाेगमा सधै हातेमालो गर्न तयार रहेकाे बताउँदै जनताका हरेक समस्याहरुलाई निराकरण गर्न तत्पर रहेकाे बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे