गढवाको दशौं हिउँदे अधिवेशन सुरु



गढवाको दशौं हिउँदे अधिवेशन सुरु

गढवा २९ पुस । गढवा गाउँपालिकाको गाउँसभाको दशौं हिउँदे अधिवेशन बिहिवार देखि सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको अधिवेशनमा विभिन्न कानून तथा कार्यबिधिहरु प्रस्ताव गरिएको छ ।

गाउँसभामा शिक्षक स्वयंसेवक संचालन कार्यबिधिको शंसोधन प्रस्ताव, स्वास्थ्य सम्बन्धि निती, स्थानीय कर्मचारी ब्यवस्थापन ऐन, सेफ हाउस संचालन कार्यबिधि र वाल बिवाह न्यूनीकरण रणनितिक कार्यबिधि–२०७८ सभामा अध्ययनका लागि प्रस्ताव गरिएको थियो ।

गाउँसभामा वडागत र गाउँपालिकाका काम हुन बाँकी रहेका आवश्यक ठानीएका योजना शंसोधन तथा रकमान्तर र नदीजन्य पदार्थको ब्यवस्थितता र लेखा समिती गठन सम्बन्धि प्रस्तावहरु अध्यक्ष यादवले प्रस्तुत गर्नुभएको थिगरेका थिए । ऐन, कानून तथा कार्यबिधिहरु जनप्रतिनिधीहरुलाई अध्ययनका लागि समय प्रदान गर्दै एक हप्ता भित्र सभा बोलाउने गरी गाउँसभा स्थगित गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे