देउखुरीमा रुखबाट लडेर एक जना घाइते



देउखुरीमा रुखबाट लडेर एक जना घाइते

देउखुरी २९ पुस । दाङकाे देउखुरीमा एक जना रुखबाट लडेर गम्भीर घाइते भएका छन् । राजपुर गाउँपालिका वडा नम्बर ३ करङ्गा खोलाका २४ वर्षीय दिलु बुढामगर बिहीबार रुखबाट लडेर गम्भीर घाइते भएका हुन् ।

बिहिवार बिहान १० बजेको समयमा गाइलाई घाँस काट्न रुखमा चढेका बुढा अन्दाजी ३० फिट अग्लो साजको रुखबाट लडेर बायाँ खुट्टा भाँचिएको  शंकर प्राथमिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र कुमार शुल्कले जानकारी दिएका छन्।

रुखबाट लडेर गम्भीर घाइते भएका बुढाको बायाँ खुट्टा भाँचिएको हुँदा उनलाई उपचारको लागि बुटवलको तिनाउ इन्टरनेशनल हस्पिटलमा भर्ना गरि उपचार गरिरहेको उनका जेठा दाई गोबिन्द बुढाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे