दाङमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि



दाङमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

दाङ २९ पुस । दाङमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ५८ जनाको पिसीआर परिक्षण गर्दा १७ जना र तुलसीपुरका १५७ जनामा गरिएको एन्टिजेन परिक्षणबाट ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

संक्रमित हुनेमा धरै तुलसीपुरका ६८ जना रहेका छन् । त्यस्तै घोराहीका १४ जना रहेको केन्द्रले जनाएको छ । जिल्लामा आज सक्रिय संक्रमितको संख्या २३८ जना रहेको छ । उनीहरुमध्ये २१६ जना घरमा, २४ जना सामान्य उपचारमा र १ जना आइसियू सहितको उपचारमा रहेको केन्द्रको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे