देउखुरीको मौरीघाट देवीकोेट हुँदै स्वर्गद्वारी जोड्ने बाटोको सर्भे गर्ने कार्य सम्पन्न



देउखुरीको मौरीघाट देवीकोेट हुँदै स्वर्गद्वारी जोड्ने बाटोको सर्भे गर्ने कार्य सम्पन्न

भालुवाङ २४ पुस । दाङ देउखुरीको मौरीघाट देवीकोेट हुँदै स्वर्गद्वारी जोड्ने बाटोको सर्भे गर्ने कार्य सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट श्रीनारायण चोक देखि सुगुरे (सुन्दरपुर), देबिकोट, सल्ले हुँदै बंगलाचुली गाउँपालिकाको पाँचपोखरी भएर प्युठानको पर्यटकीय धार्मिक स्थल स्वर्गद्वारी जोड्ने ५५ किलोमिटर दुरीको सो बाटोको सर्भे गर्ने कार्य सडक बिभाग काठमान्डौको निर्देशनमा सडक डिभिजन कार्यालय दाङले गरेको छ ।

झन्डै १ अर्ब ५५ करोडको लागतमा सम्पन्न हुने सो योजना निर्वाचन क्षेत्र अन्तर्गत बहुबर्षिय रणनैतिक योजना अन्तर्गत रहेको छ । यस आर्थिक वर्षमा मौरीघाट देखी २५ किलोमिटरको दुरी सम्म २५ करोड रुपैँयाको लागतमा टेन्डर प्रकृयाद्वारा छिट्टै सुरु हुने सो योजना सडक विभाग काठमाण्डौको निर्देशन अनुसार सर्भे भएको छ ।
सर्भे संगै सो योजना सम्पन्न हुँदा हाल सम्म पछाडी परेको राप्ती गाउँपालीकाको बिकट पहाडी क्षेत्र वडा नम्बर ९ का जनताहरु पुर्ण रुपमा लाभान्वित हुने भएकोले त्यस क्षेत्रका जनतामा खुसियाली छाएको छ ।

सर्भे टोलीमा सडक कार्यालय दाङका इन्जीनियर महेस बिक सहितको प्राबिधिकको टोली एवं एकिकृत समाजवादी पार्टी लुम्बिनी प्रदेशका प्रदेश सदस्य सुरज बहादुर सोनाम , जनता समाजवादी पार्टी दाङका अध्यक्ष होमप्रसाद शर्मा, राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिण्णुबहादुर घर्ती क्षेत्री, वडा नम्बर ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगर समेतको प्रतिनिधि मण्डलले देवीकोट हुँदै सल्ले सम्म अनुगमन समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे