राप्ती प्रेस मञ्चले कोइलाबास नाकाको अवलोकन तथा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने



राप्ती प्रेस मञ्चले कोइलाबास नाकाको अवलोकन तथा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने

भालुवाङ २४ पुस । राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले कोइलाबास नाकालाई पहिले कै अवस्थामा फर्काउन त्यस क्षेत्रको अवलोकन, संभाव्यता अध्ययन तथा वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा शनिवार रेडियो राप्ती तथा राप्ती टेलिभिजनको कार्यालय राप्ती गाउँपालिका २ लालमटियामा बसेको बैठकले गढवा उद्योग वाणिज्य संघ सँग समन्वय तथा सहकार्य गरेर यहि माघ ८ गते सो कार्यक्रम गर्ने निर्णय गरेको हो ।

साथै कार्यक्रमलाई व्यवस्थित तथा प्रभावकारी बनाउन प्रेस मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, प्रथम उपाध्यक्ष बासुदेव न्यौपाने र महासचिव ओमप्रकाश गुप्तालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

साथै बैठकले मञ्चको विधान पारित गरी संस्था दर्ताका लागि मञ्चका अध्यक्ष अर्जुन अधिकारी, प्रथम उपाध्यक्ष बासुदेव न्यौपाने, महासचिव ओमप्रकाश गुप्ता र सचिव बलराम शाही भिसुनलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे