भालुवाङमा प्रहरी कार्यालय नजिकैबाट ५ तोला गरगहना सहित १ लाख बढी नगद चोरी



भालुवाङमा  प्रहरी कार्यालय नजिकैबाट ५ तोला गरगहना सहित १ लाख बढी नगद चोरी

भालुवाङ २५ पुस । देउखुरीको भालुवाङमा फेरी चोरी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ पुरानो बजार भालुबाङमा शनिवार राती करिब १ बजेको समयमा घरका सबै सदस्य सुतेका बेला गंगादेवी खड्का क्षेत्रीको घरबाट चोरी भएको पिडित परिवारले जानकारी दिएको छ ।

चोरले ५ तोला सुनका गरगहना, १ लाख ५० हजार रुपैयाँ नगद चोरी गरेको हो । चोरी भएको घर करिब इलाका प्रहरी कार्यालय भालुवाङबाट करिब २०० मिटरको दुरीमा रहेको छ । राप्ती गाउँपालिका वडा नम्बर १ मा दिनहु जसो चोरीका घटना बढीरहेका बेला सुरक्षा व्यवस्था कमजोर भएको स्थानीयले प्रहरी माथि नै औला तेर्साउन थालेका छन् ।

प्रहरी कार्यालयको नजिकबाटै चोरी हुँदा प्रहरीले थाहा नपाउनु दुख कुरा भएको बताउँदै स्थानीयहरुले प्रहरीकै मिलोमतोमा त चोरी भएको छैन भन्ने शंका समेत गर्न थालेका छन् । यस अघि राप्ती गाउँपालिका वडा नम्बर १ को सरकारी मोटरसाइकल, गरगहना, मोबाइल, ल्याप्टप लगायतका सामान चोरी भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे