एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध चयन



एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध चयन

दाङ २४ पुस । नेकपा एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्बिरोध चयन भएका छन । अध्यक्षको रेसमा रहेका अर्का एमालेका पुराना नेता शिबकुमार आचार्यले आफ्नो दाबी छाडेपछि बस्नेत निर्बिरोध अध्यक्ष भएका हुन ।

एमालेको शुक्रबार र शनिबार चलेको १३ औँ जिल्ला अधिवेशनबाट बस्नेतको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । एमालेको शुक्रबार राती अबेरसम्म जारी बन्द शत्रमा नेतृत्वको घोषणा गरिएको थियो ।

यस्तै उपाध्यक्षमा राममणि पाण्डे चयन भएका छन । उनि यसअघि एमालेको घोराहीको नगर सभापती र जिल्ला उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन ।
त्यसैगरी सचिवमा पुन मनोहर बुढाथोकी नै चयन भएका छन भने उप–सचिवमा कृष्ण भुसाल र हिरादेबि पुन चुनिएका छन ।

अधिवेशनले एक अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र कोषाध्यगरि १२१ सदस्यीय कमिटी निर्वाचित गर्ने छ भने १० जना मनोनित गरिने छ । अधिवेशनमा १ हजार ६ सय प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे