गम्भीर घाइते सुनारकाे उपचारमा सहयाेग गरिदिन परिवारकाे अपिल



गम्भीर घाइते सुनारकाे उपचारमा सहयाेग गरिदिन परिवारकाे अपिल

लमही २३ पुस । दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडा लमही निवासी सिर्जना सुनारको उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

यहि पुस २१ गते करिव २ बजेको समयमा पुर्व पश्चिम राजमार्ग अन्तरगत लमही– भालुवाङ सडक खण्डको लमही नगरपालिका वडा नम्बर ३ र ४ को सिमानामा पर्ने बगैसोता खोलाको पुलमा ठोक्किएर दुर्घटना हुँदा सुनार गम्भीर घाइते भएकी हुन्

२० वर्षिया सुनारकाे घरकाे आर्थिक अवस्था निकै कमजाेर भएका कारण अहिले उपचारमा निकै समस्या परेको छ । उपचारकाे अभावले अस्पतालकाे शैयामा छटपटाइ रहेकी सुनारकाे ज्यान बचाउन परिवारले अपिल गरेकाे छ ।

सुनारलाई अहिले काेहलपुर मेडिकल कलेजमा भर्ना गरिएको छ । सहयोग गर्न चाहानेले बैंक अफ काठमाण्डौ लि. मा हिक्मतबहादुर सिंहको खाता नम्बर ०५१५००००८०६४५२४ मा पैसा जम्मा गरेर सहयोग गर्न सक्ने पारिवारीक स्रोतले जानकारी दिएको छ । साथै अर्जुन गुप्ताकाे माे‍बाइल नम्बर ९८१८२०२०२६ मा फाेन गरेर पनि सहयाेग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे