समावेशी रेडियो राप्ती स्रोता क्लवले रेडियो कार्यक्रम स्रोता सँग हाम्रा कुरा सञ्चालन गर्ने



समावेशी रेडियो राप्ती स्रोता क्लवले रेडियो कार्यक्रम स्रोता सँग हाम्रा कुरा सञ्चालन गर्ने

लालमटिया २४ पुस । रेडियो राप्तीद्धारा गठित समावेशी रेडियो राप्ती स्रोता क्लवको बैठक शनिवार रेडियोको कार्यालय लालमटियामा सम्पन्न भएको छ । क्लवका अध्यक्ष लालमणी भुसालको अध्यक्षता एवम् रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताको प्रमुख आतिथ्यता र सहायक स्टेशन म्यानेजर सन्तोषकुमार गुप्ताको विशिष्ट आतिथ्यतामा बसेको बैठकले ४ वटा निर्णय गरेको छ ।

जस अनुसार स्रोता क्लवले माघको ९ गते आइतवार देखि साप्ताहिक रुपमा रेडियो कार्यक्रम स्रोता सँग हाम्रा कुरा सञ्चालन गर्ने, राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा सञ्चालन हुन लागेको माघी मेला तथा साँस्कृतिक कार्यक्रममा स्रोता क्लव सहआयोजक भएको हुँदा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न जिम्मेवारी समेत तोकेको छ ।

जस अनुसार स्वागत गितका लागि दिपक सोती मगर, सिमा केसी, सपना रिजाल, मोतीराम भट्टराई र नवीन गिरी सनातनीलाई जिम्मेवारी दिने, अतिथि स्वागतका लागि देवका न्यौपाने, अनिता गिरी र सपना रिजाललाई जिम्मेवारी दिने, मास्क वितरणका लागि सरिता भण्डारी, अमित चमार, रेशम कुमाल, सुमन विक र विनोद बेल्वासेलाई जिम्मेवारी दिने निर्णय गरेको छ । भने क्लवका पदाधिकारीलाई परिचालन गर्न क्लवका उपाध्यक्ष गिता शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ ।

बैठकमा रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेशन म्यानेजर सन्तोषकुमार गुप्ताले प्रशिक्षण दिएका थिए । स्रोता क्लवका सहजकर्ता विरेन्द्र गिरीले विषयवस्तु प्रवेश गराएका थिए भने बैठकको सञ्चालन क्लवका सचिव नवीन गिरी सनातनीले गर्नु भएको थियो । यसै बीच क्लवले मेला लाग्ने स्थलको शनिवार अवलोकन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे