लालमटिया साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न



लालमटिया साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न

लालमटिया २४ पुस । लालमटिया साना किसान कृषि सहकारी संस्था लि. को चौथो वार्षिक साधारणसभा शनिवार राप्ती गाउँपालिका २ लालमटिया स्थित महिला भवनमा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष विष्णा न्यौपानेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले कृषि सहकारी प्रवर्धनका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै उनले भाषण गरेर मात्र नभई काम गरेर देखाउन सुझाव समेत दिएका छन् ।सभामा वार्षिक प्रगती प्रतिवेदन संस्थाका अध्यक्ष विष्णा न्यौपाने र संस्थाका व्यवस्थापक कविता अधिकारीले संस्थाको कुल ५८ लाख ८६ हजार ४ सय ८१ रुपैयाँ ७७ पैसा सम्पत्ती मध्ये १ लाख ३१ हजार ६ सय ६३ रुपैयाँ २१ पैसा नाफा सहितको आर्थिक प्रतिवेदन प्रस्तुती गरेकी थिइन् । संस्थाका सदस्य सिता भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको सभामा नेपाल कृषि केन्द्रीय संघको लेखा समिति सदस्य चिरञ्जीवी केसी र रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक कविता अधिकारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे