राप्ती गाउँपालिका १ नम्बर वडामा चाेरको बिगबिगी : वडा कार्यालयको मोटरसाइकल चोरी



राप्ती गाउँपालिका १ नम्बर वडामा चाेरको बिगबिगी : वडा कार्यालयको मोटरसाइकल चोरी

भालुवाङ २३ पुस । देउखुरीको राप्ती गाउँपालिका १ नम्बर वडा कार्यालयको सरकारी मोटरसाइकल चोरी भएको छ । वडा सचिवले चलाउँदै आएको लु १ ब १८८५ नम्बर मोटरसाइकल गत पुस २० गते राप्ती गाउँपालिका २ बराखुटी स्थित कर्मचारी आवासीय भवनको कम्पाण्ड भित्र राखेको अवस्थामा रातीको समयमा चोरी भएको वडा अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिएका छन् ।

अहिले १ नम्बर वडामा चोरको बिगबिगी बढेको बताइएको छ । यस अघि पनि थुप्रै ठाउँमा गरगहना, मोटरसाइकल, मोबाइल र अन्य समान चोरी भएको वडा अध्यक्ष डिसीले जानकारी दिएका छन् । वडा अध्यक्ष डिसीले कुनै न कुनै माध्यमबाट सेटिङ भएर चोरीका घटना बढेको हुन सक्ने बताए । चोरी भएको मोटरसाइकल अहिले सम्म पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे