भालुवाङमा हामी मंगोलियन हिन्दु होइनौ भन्दै घन्कियो नारा, मंगोलहरु संगठित हुन आग्रह



भालुवाङमा हामी मंगोलियन हिन्दु होइनौ भन्दै घन्कियो नारा, मंगोलहरु संगठित हुन आग्रह

भालुवाङ १७ पुस । मंगोल नेशनल अर्गनाइजेशन दाङले आफ्नो ३३ औँ स्थापना दिवस शनिवार देउखुरीको भालुवाङमा मनाएको छ । जिल्ला अध्यक्ष प्रितम चौधरीको अध्यक्षता एवम् केन्द्रिय सभा सदस्य लालबहादुर दर्लामी मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले मंगोलहरु हिन्दु नभएकोले हिन्दु धर्म र चार्डपर्व नमनाउने बताएका छन् । त्यस्तै उनीहरुले मंगोलहरुको आफ्नो अधिकारका लागि एक हुन आग्रह पनि गरेका पनि छन् ।बाहुन क्षेत्रीले देश डुबाइसकेको बताउँदै उनीहरुले देशको रक्षा र मंगोलहरुको हकहितका लागि पनि संगठित हुन आवश्यक रहेको बताएका थिए । जिल्ला सदस्य राजबहादुर घर्तीमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशनका सल्लाहकार अमर बुढा, दाङ जिल्ला सहसचिव जितन पुन मगर, जिल्ला सभा सदस्य कल्पना थारु मंगोल, घोराही सभा अध्यक्ष पुणर्बहादुर घर्ती मगर, तुलसीपुर सभा अध्यक्ष देवबहादुर रोका मगर, राप्ती गाउँपालिकाका अध्यक्ष शोभाराम बुढा मगर लगायतका वक्ताहरुले बोल्नु भएको थियो । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती समेत राखिएको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रिन्स घर्ती मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे