नेकपा एमाले दाङद्वारा जिल्लाभरबाट १ हजार ४ सय ३७ अधिवेशन प्रतिनिधि छनौट



नेकपा एमाले दाङद्वारा जिल्लाभरबाट १ हजार ४ सय ३७ अधिवेशन प्रतिनिधि छनौट

दाङ १७ पुस। नेकपा एमाले दाङको पुस २३ गते हुन लागेको जिल्ला अधिवेशनको लागि शनिवार प्रतिनिधि छनौट गरेको छ । एमाले दाङका अनुसार जिल्लाका १ सय वडालाई ४६ मतदान केन्द्र निर्धारण गरेर प्रतिनिधि छनौटको काम भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका ८ वटा वडा बाहेक अन्य ठाउँमा अधिवेशन प्रतिनिधि छनौटको काम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा शनिवार खानेपानी उपभोक्ता समितिको चुनाव भएकोले ति क्षेत्रमा आइतवार अधिवेशन प्रतिनिधि छनौट गर्ने पार्टीले जनाएको छ ।

दुई उपमहानगरपालिकामा प्रत्येक वडामा मतदान केन्द्र र अन्य पालिकाका हकमा पालिका बराबर एक मतदान केन्द्रको व्यवस्था गरेको छ । जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिकामा छन् ।

एमालेले अधिवेशन प्रतिनिधि छनौट गर्न सर्कुलर र सवै मतदान केन्द्रमा निर्वाचन अधिकृत खटाएको थियो । ‘प्रतिनिधी छनौट कार्य सम्पन्न गर्नको लागि सवै मतदान केन्द्रमा मतदान अधिकृतहरु पठाएर छनौटको काम भएको छ ’ एमाले दाङका सचिव मनोहर बुढाथोकीले भने । अधिवेशनको लागि जिल्लाभरबाट १ हजार ४ सय ३७ प्रतिनिधि सहभागि हुने छन् ।

एमाले दाङले व्यवस्था गरेको प्रतिनिधि छनौटको मापदण्डमा महिलाको हकमा १२ वरावर १ जना, दलितको हकमा १० वरावर १ को व्यवस्था गरेको थियो ।

त्यसैगरेर अन्यको हकमा २० वरावर १ जना, पेशागत महासंघ नेपालबाट १० जना, नेपाल ट्रेड पूनियन महासंघबाट ३, अनेरास्ववियूबाट ३ जना राष्ट्रीय युवा संघबाट ३, अनेमसंघबाट ३ जना, अखिल नेपाल किसान महासंघबाट ३ आदिवासी जनजाती महसंघ नेपालबाट ३ , नेपाल भूमीहिन सुकुम्वासी संगठनबाट ३ जनाको व्यवस्था गरेको थियो ।

त्यसैगरेर नेपाल उत्पीडित जातीय मुक्ति समाजबाट ३ जना, प्रेस चौतारी नेपालबाट ३, लोकतान्त्रिक थारु संघबाट ३ जना, नेपाल राष्ट्रीय उद्योग व्यवसाय महासंघबाट ३ जना, नेपाल राष्ट्रीय भुतपूर्व सैनिक तथा प्रहरी संगठनबाट ३ जना, राष्ट्रीय जनसाँस्कृतिक महासंघबाट ३ जना, नेपाल खेलकुद महासंघबाट ३ जना, नेपाल वुद्धिजिवी परिषदबाट ३ जना, लोकतान्त्रिक अपाङ्घ संगठनबाट ३ जना, प्रगतिशिल पेशागत कानुन व्यवसायी संगठनबाट ३ जना, मानव अधिकार एलाईन्सबाट ३ जना, राष्ट्रीय स्वास्थ्यकर्मी संघबाट ३ जना र मधेसी, मुस्लिम संगठित सदश्यबाट सवै प्रतिनिधीको व्यवस्था गरेको थियो ।

एमाले दाङको १३ औं अधिवेशन पुस २३ गते घोराहीमा तय भएको छ । अधिवेशनले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ र अन्य सदस्य निर्वाचित गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे