दाङकाे ग्वारखोलाबाट अबैद्य नदीजन्य पदार्थ उत्खनन् गर्ने पाँच ट्याक्टर नियन्त्रणमा



दाङकाे ग्वारखोलाबाट अबैद्य नदीजन्य पदार्थ उत्खनन् गर्ने पाँच ट्याक्टर नियन्त्रणमा

दाङ २ कार्तिक । दाङकाे ग्वारखोलाबाट अवैद्य रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेका पाँच वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार विहान साढे ३ बजेतिर चार वटा र शनिबार बेलुका ६ बजे एक वटा गरी पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

ग्वारखोलाबाट रा १ त १४०९, रा १ त ३५५३, रा १ त ३०६४, लु ३ त ६६५५ नम्बरको ट्याक्टरलाई आईतबार नियन्त्रणमा लिईएको हो । त्यस्तै रा १ त १८०५ नम्बरको ट्याक्टरलाई शनिबार नियन्त्रणमा लिईएको हो । साथै डीएसपी सिंहका अनुसार नियन्त्रणमा लिइएका पाँच वटै ट्याक्टरलाई तुलसीपुर उपमहानगरपालिकाको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे