देउखुरीको गढवामा खाद्य सुरक्षाबारे सरोकारवालाको चाँसो



देउखुरीको गढवामा खाद्य सुरक्षाबारे सरोकारवालाको चाँसो

शिबराज पन्थी कार्तिक २ गढवा ।

देउखुरीको गढवामा खाद्य सुरक्षाका बारेमा सरोकारवालाहरुले चाँसो दिन थालेका छन् । आउँदै गरेको दशै तथा तिहारलाई लक्षित गरी मिसावट तथा कालोबजारी नियन्त्रण गर्न र म्याद गएका सामानहरु बिक्रीमा रोक लगाउन गढवा गाउापालिकाका सबै स्थानहरुमा अनुगमनका लागि सरोकारवालाहरुले चाँसो दिएका हुन् ।

शनिवार गढवा गाउँपालिका, फियान नेपाल, स्थानीय खाद्य अधिकार सञ्जाल, दक्षिण देउखुरी अधिकार मञ्च तथा सहकार्मि समाज सहितको संयुक्त बैठक बसेर यस बिषयमा चाँसो दिइएको खाद्य अधिकार सञ्जाल गढवाका अध्यक्ष उमाकान्त पन्तले जानकारी दिए । चाडपर्वलाई लक्षित गरि बजारमा म्याद नाघेका तथा मिसावट युक्त गुणस्तरहिन खाद्य सामाग्रीहरु बिक्रीबितरण हुने गरेकोले त्यसलाई नियन्त्रण तथा नियमन गर्न जरुरी भएको गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीले बताइन् ।

बजारमा लेभल नलगाएका, म्याद गुजे्रका तथा मिसावटयुक्त दैनिक उपभोग्य सामाग्रीहरु कसैले पनि विक्री वितरण गर्न नहुने बिषयमा संचारमाध्यम मार्फत जागरण दिने र अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने बैठकले निर्णय गरेको बताइएको छ । गढवा गाउँपालिका र स्थानीय खाद्य अधिकार संजालको आव्हानमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रहरी, इलाका प्रशासन, पत्रकार र उद्योग बाणिज्य संघ सहितको संयुक्त टोलिले गोप्य ढंगले बजार अनुगमन गर्ने छ । यदि त्यस्ता सामाग्रीहरु बजारमा फेला परेमा नियन्त्रणमा लिने र कानून बमोजिम कार्वाही हुने फियान नेपाल र खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले जनाएको छ ।

चाडपर्वलाई लक्षित गरी बनाइएका मिठाई एवं दुग्धजन्य पदार्थमा अधिकांश मिसावट पाइएको र म्याद नाघेका सामानहरु समेत ब्यापारीहरुले बिक्री गर्ने गरेको बिगतका अनुगमनमा पाइएको गाउँपालिकाले जनाएको छ । कुनैपनि ब्यवसायिहरुले मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने खालका खाद्य सामाग्री बिक्रीवितरण नगर्न समेत गाउँपालिकाले सबैमा आव्हान गरेको छ । सवारी साधनमा कोरोना सचेतनाका सन्देश देउखुरीको गढवामा नेपाल रेडक्रस सोसाइटी, युनिसेफ नेपाल, आम्दा नेपाल लगायतका सघसंस्थाहरुको आव्हानमा बजार तथा सवारी साधनहरुमा शनिवारदेखि कोरोना सचेतना सन्देश प्रबाह गर्न थालिएको छ ।

दशैं तथा दिपावली र छठ पर्वलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी इन्कोर कार्यक्रमको आव्हानमा यस्तो अभियानको सुरुवात गरिएको परियोजनाका जिल्ला सदस्य मोहनकुमार पाण्डेयले जानकारी दिए । चाडपर्वहरुमा यातायातका साधनहरुमा बढी भिडभाड हुने भएकोले यात्रुहरुलाई सवारी साधनमा यात्रागर्दा बढीभन्दा बढी सचेतना अपनाउन यस्तो सन्देश प्रबाह गर्न थालिएको आयोजकले जनाएको छ ।

जस अनुसार गढवा बजारमा झर्ने यात्रुहरुलाई दशैंको महानवमी सम्म हात धुने ब्यवस्था गर्ने, मास्क तथा सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दुरीको मर्यादालाई पालना गराउने लगायतका कामहरु गर्न स्वयंसेवकहरु परिचालन गरिने भएको छ । स्वयंसेवकहरुले आउने जाने प्रत्येक यातायातका साधनहरुमा कोभिड–१९ बाट बच्न बिशेष सुरक्षा सतर्कता अपनाउने बिषयमा बिभिन्न सचेतनाहरु प्रदान गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे