मालपोत कार्यालय भाेली देखि बन्द



मालपोत कार्यालय भाेली देखि बन्द

दाङ २ कार्तिक । भूमिसुधार तथा मालपोत कार्यालय घोराही पुन बन्द हुने भएको छ । कार्यलयका केहि कर्मचारीमा कोरोना संक्रमण भएकोले सेवा प्रवाह गर्न कार्यालयले भोलिबाट केहि दिनका लागि सेवा बन्द गर्ने भएको हो ।

कार्यालयले आज एक विज्ञप्ती जारी गरी कार्यालय अर्को सुचना जारी नभएसम्मका लागि भोलिदेखि बन्द हुने उल्लेख गरेको छ ।कार्यालयका केहि कर्मचारी पनि बिरामी हुन थालेपछि भोलिदेखि केहि समयका लागि आन्तरिक प्रशासनिक सेवाबाहेक सबै बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे