दाङमा एक लाख बढी नगद सहित ५  जुवाडे पक्राउ



दाङमा एक लाख बढी नगद सहित ५  जुवाडे पक्राउ

दाङ २ कार्तिक । दाङमा एक लाख बढी नगद सहित  ५  जुवाडे पक्राउ परेका छन् । जिल्लाको घोराही उपमहानगरपालिपका वडा नम्बर १५ जनकल्यान टोलबाट गएराती ११ बजे एक लाख ३७ हजार ९ सय ४० रुपैयाँ नगद सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही १५ निवासी ३० वर्षीय प्रवीण खत्री, सोही ठाउँका ३५ वर्षीय दिलबहादुर घर्ती मगर, ४० वर्षका हेमन्त बुढाथोकी, ४९ वर्षका भरत जीएम र २७ वर्षका गोविन्द शाह रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् । उनीहरुको साथबाट जुवा खेल्न प्रयोग भएका दुई गड्डी तास तथा नखेलेका १० गड्डी तास समेत बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे