पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिन सरकारलाई राप्ती प्रेस मञ्चको माग



पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिन सरकारलाई राप्ती प्रेस मञ्चको माग

भालुवाङ २७ कार्तिक । राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि प्रति सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चका अध्यक्ष अर्जुन अधिकारी र महासचिव ओमप्रकाश गुप्ताले शनिवार एक प्रेस विज्ञप्ती जारी गरी सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पेट्रोलियम पदार्थको लगातार मूल्य बुद्धिले कोभिड– १९ को महामारीका बेला अकालमा ज्यान गुमाएका परिवार, कठिन परिस्थीतिमा गुजारा चलाइ रहेका मजदुर, यातायात व्यवसायी तथा विद्यार्थीहरु बढी मारमा परेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकार सँग माग समेत गरेको छ । विभिन्न बहानमा गरिने मुल्यवृद्धिले ज्याला मजदुरी गरी साँझ विहान छाक टार्ने नागरिकहरु बढी मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे