राप्ती प्रेस मञ्चले दाङका नयाँ प्रमुख जिल्ला अधिकारी रेग्मीलाई स्वागत गर्ने



राप्ती प्रेस मञ्चले दाङका नयाँ प्रमुख जिल्ला अधिकारी रेग्मीलाई स्वागत गर्ने

भालुवाङ २७ कार्तिक । राप्ती प्रेस मञ्च राप्ती गाउँपालिकाले दाङमा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई स्वागत गर्ने भएको छ । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा शनिवार रेडियो राप्ती तथा राप्ती टेलिभिजनको कार्यालय लालमटियामा बसेको बैठक यस्तो निर्णय गरेको हो ।

मंसिर ३ गते शुक्रवार राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा विहान ११ बजे कार्यक्रम गर्ने मिति समेत तय गरिएको छ । त्यसै गरी बैठकले राप्ती गाउँपालिकाका ९ वटै वडाको वस्तु स्थिती बारे रिपोटिङ गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, उपाध्यक्ष बासुदेव न्यौपाने, जमिर शाहा, सचिव भिसुन शाही, कोषाध्यक्ष अंशु बोहरा, सदस्यहरु किरण जिसी, विरेन्द्र गिरी, हुमा सुनार, आमन्त्रित पत्रकार विन्दु कवर लगायतको सहभागिता रहेको थियो । बैठकको सहजीकरण मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे