लालमटियामा जिपको ठक्करबाट साइकलयात्री गम्भीर घाइते



लालमटियामा जिपको ठक्करबाट साइकलयात्री गम्भीर घाइते

लालमटिया २७ कार्तिक । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया चोकमा स्कारपियो जिपको ठक्करबाट साइकलयात्री गम्भीर घाइते भएका छन् ।

शनिवार राती पौने ८ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गइरहेको बा १४ च ८०२० नम्बरको जिपले साइकलयात्रीलाई ठक्कर दिएको थियो । जिपको ठक्करबाट राप्ती गाउँपालिका २ कठाहा निवासी गारा मिस्त्री ३० वर्षिया सुनिल चौधरी गम्भीर घाइते भएका छन् । घाइते चौधरीको टाउको, ओठ र शरीरका अन्य भागमा चोट लागेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

घाइते चौधरीले मादकपदार्थ सेवन गरेको प्रहरीले बताएको छ । घाइतेको राप्ती सेवा पोलिक्लिनीक भालुवाङमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवलको चौराह हस्पिटलमा रिफर गरिएको छ । ठक्कर दिने जिप र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे