दाङमा प्रधानन्याधीशको राजिनामाको माग गर्दै कालोपट्टी बाँधेर विरोध जनाइने



दाङमा प्रधानन्याधीशको राजिनामाको माग गर्दै कालोपट्टी बाँधेर विरोध जनाइने

दाङ २५ कार्तिक । दाङ देउखुरी जिल्ला अदालत बार इकाई घोराही दाङले प्रधान न्याधीश चोलेन्द्रशम्सेर जवराको राजिनामाको माग गर्दै कालोपट्टी बाँधेर विरोध जनाउने भएको छ ।

बार इकाईको बिहिवार घोराहीमा बसेको बैठकले कार्तिक २८ देखि ३० गते सम्म ३ दिन सम्म विहान १०ः३० देखि ११ः३० सम्म १ घण्टा सम्म जिल्ला अदालतको परिसरमा हातमा कालोपट्टी बाँधेर विरोध जनाउने बारका जिल्ला सचिव संजयकुमार केसीले जानकारी दिएका छन् ।

केसीले एक विज्ञप्ती जारी गरि नेपाल बार एशोसिएशनले कार्तिक २४ गते परिपत्र गरे पछि जिल्लाका सम्पुर्ण कानुन व्यवसायीहरुलाई विरोध कार्यक्रममा सहभागी जनाउन अपिल समेत गरेका छन् । न्यायपालिका भित्रको विकृती, विसंगती भ्रष्टचार हटाई न्यायपालिकालाई स्वतन्त्र, संक्षम, हस्तक्षेपमुक्त गराई जनविश्वास र जनआस्था समेत बढाउने गरी समग्र न्यायपालिका सुधारका लागि प्रधानन्याधिश जवरा बाधक भएको भन्दै नैतिक दबाफ दिन विरोध कार्यक्रम गर्न लागिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे