दाङका ११ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना संक्रमण मुक्त



दाङका ११ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना संक्रमण मुक्त

दाङ २५ कार्तिक । दाङमा आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ४० जनामा गरिएको पिसिआर परिक्षणमा ७ जना महिला र ४ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

पुष्टि हुनेमा घोराहीका ६ गढवाका दुई, बबई, लमही र राप्तीका एक/एक जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । यस्तै आज दाङका ९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

संक्रमण मुक्त हुुनेमा घोराहीका ५, राप्तीका दुई तुलसीपुर र लमहीका एक/एक जना रहेका छन् । अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या २८ रहेकोे छ । उनिहरु मध्य २४ जना घरमा आईसियू सहितको उपचारमा दुई जना र सामान्य उपचारमा दुई जना रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे