एमसीसी फिर्ता लैजान अमेरिकासँग वामदेव गाैतमकाे आग्रह (पत्रसहित)



एमसीसी फिर्ता लैजान अमेरिकासँग वामदेव गाैतमकाे आग्रह (पत्रसहित)

काठमाण्डाै २४ कार्तिक । नेकपा एमाले परित्याग गरेर नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) फिर्ता लैजान अमेरिकासँग आग्रह गरेका छन् ।

आज बुधवार एक विज्ञप्तिमार्फत नेता गौतमले एमसीसी फिर्ता लैजानु श्रेयस्कर भएको बताए। एमसीसीसँग गरिएको सम्झौतापछि नेपाली नागरिकले अमेरिकाप्रति गम्भीर आशङ्का व्यक्त गरिरहेका भन्दै उहाँले एमसीसी फिर्ता लैजान अमेरिकासँग आग्रह गरेका हुन् ।

‘यो सम्झौताले नेपालका छिमेकी देशहरूसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने शङ्का व्यक्त भइरहेको देखिन्छ । सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शङ्का गर्न थालिएको छ’, नेता गाैतमले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेता गौतमले यी अवस्थालाई मध्यनजर गर्दै अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको बताए ।

‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र यस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकार समक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु’, विज्ञप्तिमा भनिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे