रेडियो राप्ती तथा राप्ती टेलिभिजनको अन्तिम दिनको देउसी भैलोमा ५८ हजार बढी कार्तिके दान संकलन



रेडियो राप्ती तथा राप्ती टेलिभिजनको अन्तिम दिनको देउसी भैलोमा ५८ हजार बढी कार्तिके दान संकलन

भालुवाङ २२ कार्तिक । हिन्दुहरुको दोस्रो ठूलो महान चार्ड शुभदिपावलीको अवसरमा भालुवाङ सञ्चार सेवा प्रालि द्वारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजनले सञ्चालन गरेको चौथो तथा अन्तिम दिनको देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।

मौलिक कला संस्कृतिको संरक्षण, हाम्रो अभियान भन्ने मुल नाराका साथ समावेशी रेडियो राप्ती स्रोता क्लवको सहकार्यमा सञ्चालित चौथो दिन राप्ती गाउँपालिका वडा नम्बर १ को भालुवाङ, पाखापानी वडा नम्बर २ को लालमटिया, बराखुटी वडा नम्बर ३ को मसुरीया, वडा नम्बर ४ को मौरीघाट, वडा नम्बर ६ को सगरापुर र वडा नम्बर ७ को बड्का सिसहनियाँ क्षेत्रमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।

चौथो तथा अन्तिम दिनको देउसी भैलोमा ५८ हजार ५ सय ७० रूपैयाँ कार्तिके दान संकलन भएको छ । जस अनुसार राप्ती गाउँपालिका वडा ४ का समाजसेवी ज्ञानु केसीबाट १६ हजार १ सय रुपैयाँ, वडा नम्बर २ बराखुटी निवासी हिमानन्द पाण्डेबाट ५ हजार रुपैयाँ, राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वेदप्रसाद चौधरीबाट ५ हजार ५० रुपैयाँ, राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसीबाट ४ हजार ६ सय, राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी समाजसेवी बहादुरकर्ण केसीबाट ३ हजार १ सय रुपैयाँ, राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी राजनीतिकर्मी धर्मराज अधिकारीबाट ३ हजार ५० रुपैयाँ कार्तिके दान संकलन भएको छ ।

यस्तै राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी निवासी ग्लोबल युथ क्लवका अध्यक्ष तथा शिक्षक रमेश कडेलबाट २ हजार ५ सय ५० रुपैयाँ, राप्ती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विद्याशरण चौधरीबाट २ हजार १ सय ५ रुपैयाँ, राप्ती गाउँपालिका वडा नम्बर २ बराखुटी निवासी सुरेन्द्र भुसालबाट २ हजार ५५ रुपैयाँ, सोही ठाउँ निवासी हरिप्रसाद भुसालबाट २ हजार रुपैयाँ, राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी सञ्चारकर्मी इराधा झार्कीबाट २ हजार रुपैयाँ, भालुवाङ निवासी ओम मेडिको फार्मेसीका सञ्चालक तथा डा. शंकरनाथ योगीबाट २ हजार रुपैयाँ, भालुवाङ निवासी पोख्रेल किराना पसलका सञ्चालक विष्णुप्रसाद पोख्रेलबाट १ हजार ५० रुपैयाँ, राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया निवासी युवराज, नारायण र बसन्त भुसालबाट १ हजार ६ सय ५, राप्ती गाउँपालिका ३ मसुरीया निवासी रमेश बेल्वासेबाट १ हजार रुपैयाँ कार्तिके दान संकलन भएको स्टेसन म्यानेजर ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् । संकलित रकम सञ्चारक्षेत्रको विकासमा खर्च गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे