नेपालमा थप ३९० जनामा काेराेना सङ्क्रमण पुष्टि, ४२५ जना निकाे ५ जनाकाे मृत्यु



नेपालमा थप ३९० जनामा काेराेना सङ्क्रमण पुष्टि, ४२५ जना निकाे ५ जनाकाे मृत्यु

काठमाण्डाै  २२ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप तीन सय ९० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार २६ जनाको नमुना परीक्षण गर्दा सात दशमलव ७५ प्रतिशत अर्थात् तीन सय ९० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १४ हजार नौ सय २९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार आठ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै २४ घण्टामा चार सय २५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९५ हजार आठ सय २२ पुगेको छ ।  यही अवधिमा काेराेना सङ्क्रमणबाट पाँच जनाको ज्यान गएकाे छ । याेसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ५३ पुगेको छ ।

यस्तै २४ घण्टामा एक हजार नौ सय १७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ७४ लाख ३६ हजार सात सय १४ जनाले पूर्ण मात्रा र ८७ लाख ३६ हजार पाँच सय ३२ जनाले कम्तीमा एक मात्रा खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे