कारागारलाई सुधार गृहको रुपमा बिकास गर्नुपर्छ: प्रजिअ रेग्मी



कारागारलाई सुधार गृहको रुपमा बिकास गर्नुपर्छ: प्रजिअ रेग्मी

दाङ २३ कार्तिक । दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लाका कारागारहरुको अबस्था सुधार हुदै जाने बताएका छन् । सोमबार तुलसीपुरमा रहेको कारागारको निरिक्षण पछि पत्रकार हरु सग सन्छिप्त प्रतिकृया दिदै प्रजिअ रेग्मीले समय अनुसार कारागारको भौतिक अबस्था,ब्यबस्थापन पक्ष र सेवा सुबिधाहरु डिजिटल प्रणाली अनुसार परिमार्जन गर्दै लैजानु पर्ने बताएका छन् ।

उनले पुरानो कारागार ऐन लाई परिमार्जन गरेर ससोधन सहितको नया एन ल्याउनुपर्ने समेत बताए । कारागारमा रहेका कैदि बन्दिहरुलाई सिपमुलक कार्यमा लाग्न राज्यले प्रोत्साहन गर्नुपर्नेमा समेत उनको जोड रहेको थियो । कारागार भित्र रहेका कैदि बन्दिहरुको सिप र क्षमतालाई राज्यले समयमै चिनेर उनिहरुको सिपको कदर गर्नु पर्ने बेला आएको समेत उनले औल्याएका छन् ।

कारागार भित्र कुनै पनि कमिकमजोरि हुन नहुने भन्दै प्रजिअ रेग्मीले भने”हामि भनेको राज्यका प्रतिनिधि हौ । यहाका हरेक गतिबिधिहरु निरन्तर माथि सम्म जाहेर गर्नु पर्छ कुनै पनि कमजोरी पाईएमा सम्बन्धित निकाय पुर्णरुपमा जिम्मेवार हुनुपर्छ “। कारागार हरुलाई सुधार गृहको रुपमा बिकास गर्दै अगाडि बढनुपर्ने भन्दै प्रजिअ रेग्मीले उनीहरुको सिप र क्षमतालाई राज्यले समयमै पहिचान गरेर उत्पादन सग जोडदै लैजानुपर्ने बताएका छन् । उनले जिल्लाका सबै कारागारहरुको अबस्था सुधार गर्न आफु लागि पर्ने प्रतिबद्दता समेत ब्यक्त गरेका छन् । तुलसीपुर कारागारमा २८ जना महिला ३ जना बालबालिका १३ जना बिदेशि नागरिक सिहित जम्मा ४९७ जना कैदीहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे