पुनको हत्या आरोपमा तिन जना विरुद्ध किटानी जाहेरी



पुनको हत्या आरोपमा तिन जना विरुद्ध किटानी जाहेरी

तुलसीपुर २२ कात्तिक । तुलसीपुर ४ नयाँबस्ती बस्ने २० बर्षिय टोप बहादुर पुनको हत्या आरोपमा तिन जना विरुद्ध पिडित पक्षले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिएका छन् ।मृतक पुनका आफन्तीले हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सोमवार तिन जना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दिएको डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।

उनका अनुसार पिडित पक्षले पुनको हत्या आरोपित गहतेरा बस्ने रेशम थापा, विनोद राना र खिम बहादुर राना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता गराएका छन् । आरोपित तिनै जना फरार भएको उहाले जानकारी दिनुभयो । गएको शनिवार राती युवाहरुको एक समुहको आक्रमणबाट पुनको हत्या भएको उहाले जानकारी दिए ।

सोहि घटनामा परी मृतकका फुपुका छोरा कपुरकोट गाउँपालिका ४ बस्ने शंकर डाँगी गम्भिर घाईते भएका छन्। घाईते डाँगीको भारतको लखनउमा उपचार भईरहेको प्रहरीले बताएको छ । मृतक पुनको शवलाई पोष्टमाटमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखीएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे