दाङमा भएको जिप दुर्घटनाका घाईते ११ जनालाई रिफर, ९ जना डिस्चार्ज



दाङमा भएको जिप दुर्घटनाका घाईते ११ जनालाई रिफर, ९ जना डिस्चार्ज

दाङ २२ कात्तिक । पश्चिम दाङमा भएको जिप दुर्घटनामा परी घाईते भएका मध्ये ११ जनालाई थप उपचारका लागी जिल्ला बाहिर रिफर गरिएको छ । एक जनाको हेलिकप्टर मार्फत काठमाण्डौ रिफर गरिएके छ भने दश जनालाई नेपालगन्ज रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।प्रहरीका अनुसार दुर्घटनामा परी घाईते हुनुभएकी दंगीशरण गाउँपालिका वडा नम्वर २ बस्ने ३० बर्षिया पार्वती केसी वलीलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगीएको छ ।

यस्तैगरी बबई २ बगाले बस्ने २३ बर्षिया पबित्रा ओली, उहाका छोरा ३ बर्षिय दिनेश ओली, कालिमाटी ३ कालाखोला बस्ने ५६ बर्षिया प्रमिसा खत्री, तुलसीपुर १५ बस्ने १० बर्षिय प्रशान्त खत्री, बाँके राप्ती सोनारी ९ बस्ने ३५ बर्षिय पबित्रा बुढाथोकी, कालिमाटी ३ बस्ने १७ बर्षिया सपना ओली,बाँके कोहलपुर नगरपालिका ४ बस्ने ३२ बर्षिया दिपा ओली, उहाकी छोरी १५ बर्षिया संगिता बुढाथोकी, बर्दिया बास गढि मोतिपुर बस्ने २८ वर्षीया सुशिला राणा र बाँकेको राप्ती सोनारी गाउँपालिका ढकेरी बस्ने ६० वर्षीया पिमा खत्रीलाई थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको प्रहरीले बताएको छ ।

यस्तैगरी सल्यान कालिमाटी ३ सिमलकुना बस्ने २८ बर्षिया रिता खत्री, सोहि ठाउँका २९ बर्षिय रेशम बुढाथोकी, १८ बर्षिय खिमराज बुढाथोकी,कालिमाटी ३ कालाखोला बस्ने अन्दाजी ६ बर्षिय प्रशान्त राना, बबई २ बस्ने ३२ बर्षिया कमला बस्नेत, शान्तिनगर ४ बस्ने ५५ बर्षिया खली ओलि,बाँके कोहलपुर नगरपालिका ४ बस्ने ८ बर्षिया अपेक्षा बुढाथोकी,तुलसीपुुुर ९ बेलुवा बस्ने २८ वर्षीया सोभा बुढाथोकी र उहाका छोरा ७ वर्षीया लोकेन्द्र बुढाथोकीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार बिहान ९ बजे दाङको बबई २ एक्लेबर स्थित भे १ज ५२२ नम्बरको जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गाडी धनी सल्यान कालिमाटी ३ चौरी बस्ने अन्दाजी ४५ बर्षिय देब बहादुर सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । जिप चालक भने फरार भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे