वाग्मतीका मुख्यमन्त्री पाण्डेलाई विश्वासकाे मत



वाग्मतीका मुख्यमन्त्री पाण्डेलाई विश्वासकाे मत

काठमाण्डाै २२ कार्तिक । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासकाे मत पाएका छन् । साेमवार प्रदेश सभामा भएकाे मतदानमा मुख्यमन्त्री पाण्डेकाे पक्षमा ५९ मत खसेकाे हाे ।

त्यस्तै उनकाे विपक्षमा ४३ मत खस्दा दुई मत तटस्थमा खसेकाे छ । प्रदेश सभामा एक सय नाै रहेकामा आज एक सय चार जना उपस्थित भएका थिए । प्रदेश सभामा विश्वासकाे मत पाउन ५५ सांसदकाे समर्थन चाहिने हुन्छ ।

नेकपा एकीकृत समाजवादी पार्टी वाग्मती प्रदेश संसदीय दलका नेता पाण्डे चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीकाे समर्थन थियाे ।

आज प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले नियुक्त भएकाे ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यही बाध्यात्मक परिस्थितिका कारण मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे