गढवामा मदिराले मातेका श्रीमानले लाठी प्रहार गर्दा श्रीमतिको हत्या



गढवामा मदिराले मातेका श्रीमानले लाठी प्रहार गर्दा श्रीमतिको हत्या

गढवा २१ कार्तिक । दाङमा बञ्चरोको बिडले हिर्काएर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । गढवा गाउँपालिका–७ परिचोक घर भएका ६३ वर्षीय डनबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।घरायसी विवादमा डनबहादुरले सुनिताको टाउकोमा बञ्चरोको बिँडले हिर्काएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार बिहान ४ बजेतिर घटना भएको हो ।

श्रीमतीको हत्या गरेर भागेका डनबहादुरलाई मतपुरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । डनबहादुरले जेठी श्रीमतीको निधन भएपछि सुनितासँग विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे