तुलसीपुरमा २ लाख ४५ हजार रकम सहित १९ जना जुवाडे पक्राउ



तुलसीपुरमा २ लाख ४५ हजार रकम सहित १९ जना जुवाडे पक्राउ
दाङ ७ कार्तिक ।  तुलसीपुरका दुई जुवा अड्डामा शनिबार साँझ प्रहरीले एकैसाथ छापा मारेको छ। जुवा खालबाट दुई लाख ४५ हजार नगद बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लले बताए।  जुवा अड्डाबाट १९ जना पक्राउ परेको उनले जानकारी दिए।
तुलसीपुरको अटो भिलेजभित्र जुवा खेलिरहेका १२ जनाबाट ७५ हजार नगद र तुलसीपुर बजारमै जुवा खेलिरहेका ७ जनाबाट १ लाख ७० हजार नगद बरामद भएको एसपी काफ्लेले बताए। जिल्लाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा एकै दिन तुलसीपुरका दुई जुवा अड्डामा छापा हानेर १९ जनालाई पक्राउ गरेको काफ्लेले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे