नेकपा एमाले दाङको वडा अधिवेशन आज हुँदै, सम्पुर्ण तयारी पुरा



नेकपा एमाले दाङको वडा अधिवेशन आज हुँदै, सम्पुर्ण तयारी पुरा

दाङ ६ कार्तिक ।  नेकपा एमाले दाङले वडा कमिटीको अधिवेशन थालेको छ । जिल्लाका एक सय वडामा आज अधिबेशन गर्ने तयारी एमाले दाङले गरेको हो । सबै वडामा सर्बसम्मतरुपमा वडा कमिटी बनाउने गरी तयारीलाई अन्तिम चरणमा पुु¥याईएको पार्टी सचिब मनोहर बुढाथोकीले जानकारी दिए ।

सबै वडाहरुमा सर्बसम्मतरुपले कमिटी बनाउन नेताहरु लागेको उनको भनाई छ । पार्टीमा एकताको सन्देश दिनका लागि सबै वडाहरुमा आबस्यक छलफल गरेर पदाधिकारीहरुको चयन गर्ने काम भैरहेको सचिव बुढाथोकीले जानकारी दिए । शनिबार दिनभर वडा कमिटी गठन गर्ने प्रकृयामा नेता कार्यकर्ताहरु जुट्ने उनको भनाई छ ।

यसैबिच पार्टी अध्यक्ष टीकाराम खड्का र सचिब बुढाथोकीले सबै वडाहरुमा सर्बसम्मतरुपमा कमिटीहरु बनाउने काममा खट्न नेता कार्यकताहरुलाई अपिल गरे । पार्टीमा एकताको सन्देश सहित सबै वडाहरुमा सौहार्दपूर्ण वातावरणमा अधिबेशन गरेर पार्टीलाई थप गतिशिल बनाउन अध्यक्ष खड्का र सचिब बुढाथोकीले अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे