दाङमा साढे एक लाख क्वीन्टल धान भिजेको अनुमान



दाङमा साढे एक लाख क्वीन्टल धान भिजेको अनुमान

दाङ ५ कार्तिक । कृषि ज्ञान केन्द्र दाङले क्षतिको सत्यतथ्य विवरण संकलन गरी पठाउन स्थानीय तहलाई आग्रह गरेको छ । त्यही विवरणका आधारमा सरकारले किसानहरुलाई राहत उपलब्ध गराउनेछ । कृषि ज्ञान केन्द्र दाङले हिजोसम्म स्थानीय तहले दिएको विवरण अनुसार सात हजार एक सय तीन विगाह खेतमा लगाएको धानबाली नष्ट भएको छ ।

तर ज्ञान केन्द्रले किसान क्षतिको विवरण लिएर आउने क्रम नरोकिएकाले यो संख्या बढ्ने बताएको छ । दाङमा करिब १८ हजार विगाह जग्गामा लगाएको धानबाली नष्ट भएको अनुमान रहेको ज्ञान केन्द्रका सूचना अधिकारी रुद्रमणि पौडेलले जानकारी दिनुभयो । अहिलेसम्म दाङको बंगलाचुली बाहेक नौवटा स्थानीय तहका कृषि शाखाले प्रारम्भिक विवरण संकलन गरेर ज्ञान केन्द्रमा पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे