गढवाकाे चन्दनपुरमा कांग्रेस र माओवादीलाई ठुलो झड्का, एक सय बढी कार्यकर्ता एमालेमा प्रबेश



गढवाकाे चन्दनपुरमा कांग्रेस र माओवादीलाई ठुलो झड्का, एक सय बढी कार्यकर्ता एमालेमा प्रबेश

गढवा ५ कार्तिक । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुरका १ सय बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले गढवा गाउँपालिका ७ नम्बर संगठन कमिटिले शुक्रवार चन्दनपुरमा आयोजना गरेकोे पार्टी प्रबेश कार्यक्रममा नेपाली कांगे्रसका क्षेत्रीय सदस्य उमाकान्त डाँगी र माओवादीका राजाराम चौधरी लगायत नेपाली कांग्रेस र नेकपा माओवादी पार्टी परित्याग गरी १ सय बढी कार्यकर्ता एमालेमा प्रबेश गरेका हुन् ।

एमाले गढवा ७ का वडा अध्यक्ष श्याम चौधरीको अध्यक्षता एवम् पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरीले एमाले जनताको पार्टी भएको र बिकास तथा समृद्धिका महत्वपुर्ण कामहरु गर्दै आएको बताएका छन् ।

यस्तै पार्टीका महिला नेत्री एवं प्रतिनिधीसभा सदस्य गंगा चौधरी सत्गौवाले राष्ट्रको मुहार फेर्ने जिम्मेवारी केपी ओली नेतृत्वको नेकपा एमालको काँधमा आएको बताइन् । उनले एमाले नेतृत्वको सरकारले थुप्रै विकास निमार्णको काम गरेको स्मण समेत गराउनु भयो । साथै उनले कसैको लोभ लालच र धम्की दिदैमा पछि नहट्न सुझाव समेत दिएकी छिन् ।यस्तै कार्यक्रममा पार्टीका राष्ट्रिय परिषद सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले पार्टीलाई कमजोर बनाउन देशी विदेशी साम्राज्यवादीहरु लागेको आरोप लगाए ।कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष टिकाराम खड्का, जिल्ला सचिव मनोहर बुढाथोकी र लुम्बिनी प्रदेश सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव लगायतले नयाँ प्रबेश गर्नेहरुलाई बधाई तथा शुभकामना दिदै पार्टीले उच्च मुल्यांकन गर्ने बताएका छन् । पार्टीका गढवा गाउँपालिका वडा नम्बर ७ का इन्चार्ज चुडामणी पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको पार्टी प्रबेश कार्यक्रमको संचालन एमाले गढवाका सचिव शिबराज पन्थीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे