दाङ नारायणपुरका फरार अभियुक्त १८ वर्षपछि पक्राउ



दाङ नारायणपुरका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

दाङ ४ कात्तिक । दाङमा जवरजस्ती करणी मुद्दामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा न. १० नारायणपुर बस्ने ३४ बर्षीय धनबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।

दाङ देउखुरी जिल्ला अदालतबाट मिति २०६० कात्तिक २ गते जवरजस्ती करणी मुद्दामा ७ बर्ष ११ महिना ८ दिन कैद फैसला भएको थियो । खोजतलास गर्दै जादा वलीलाई गत मंगलबार दिउँसो साढे १ बजे सोहि वडाबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ परेका वलीलाई बिहिबार अदालत बुझाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे