दाङमा कार्तिक ५ र ६ गते भेरोसेलको दोस्रो मात्रा लगाईने



दाङमा कार्तिक ५ र ६ गते भेरोसेलको दोस्रो मात्रा लगाईने

घोराही ४ कार्तिक । दाङमा कार्तिक ५ र ६ गते कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइदै छ ।
जिल्लाका दश वटै स्थानीय तहका पहिलेकै खोप केन्द्रबाट खोप लगाइने छ । जसका लागि तयारी पूरा भएको स्वास्थ्य कार्यालय दाङमा खोप आइपुग्ने स्वास्थ्य कार्यालय फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

उनले ५ र ६ गते खोपा कार्यक्रम सन्चालन हुने बिषयमा पहिलो डोज लगाउने बेलामा नै जानकारी गराइसकिएको भन्दै कुनै दुबिदामा नपरी सोको तयारी गर्नु पनि आग्रह गरेका छन् ।दाङमा पहिलो मात्रा मात्र खोप लगाउने संख्या १ लाख २९ हजार ४ सय १२ रहेको छ। यि संख्या मध्ये भेरेसेलको दाेस्रो मात्रा ५ र ६ गते लगाइने छ । जिल्लामा १ लाख ५ हजार ५ सय ५२ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे