दाङमा भाइको भाला प्रहारबाट दाजु गम्भीर घाइते



दाङमा भाइको भाला प्रहारबाट दाजु गम्भीर घाइते

दाङ ४ कार्तिक  । पश्चिम दाङमा भाइले सहोदर दाजुमाथि भाला प्रहार गरि गम्भीर घाइते तुल्याएका छन् । शान्तिनगर गाउँपालिका वडा नं. १ ज्यामेरेमा ३० बर्षीय लिलाराम वलीले दाजु ३५ बर्षीय देबबहादुर वलीमाथि छातिको दाहिने तर्फ भाला प्रहरी गम्भीर तुल्याएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले गम्भीर घाइते देबबहादुरको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बुधबार राति नै बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको जानकारी दिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अचार्यलले घरायसी बिबादका कारण भाइले दाजुमाथि भाला प्रहार गरेको खुल्न आएको बताए ।

घाइते देबबहादुरका काकाका छोरा भाइ वशन्त वलीले झाँर्की बसाउने तयारी भइरहँदा एकाएक लिलाराम आएर भाला प्रहार गरेको बताए ।  डिएसपी अर्यालले दाजुमाथि भाला प्रहार गर्ने भाइलाई नियन्त्रणमा लिइएको जानकारी दिए । घटना बुधबार राति साढे ८ बजेतिर घटेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे