तिहार लगत्तै स्वास्थ्य मन्त्रालय देउखुरीको सिसहनियाँमा आउँछ : मन्त्री थारु



तिहार लगत्तै स्वास्थ्य मन्त्रालय देउखुरीको सिसहनियाँमा आउँछ : मन्त्री थारु

सिसहनियाँ ४ कार्तिक । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले तिहार पछि स्वास्थ्य मन्त्रालय स्थायी राजधानी देउखुरीमा ल्याउने बताएका छन् ।

अस्थायी मुकाम बुटवलमा रहेको मन्त्रालय स्थान्तरणका लागि अनुगमनमा आउनु भएका मन्त्री थारुले राप्ती उपत्यका देउखुरीमा मन्त्रालय ल्याउन लागेको बताउनु भयो । मन्त्रालय कुन ठाउँमा राख्ने भन्ने विषयमा खुलेर नबताए पनि मन्त्री थारुले बिहिवार राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको वडा कार्यालय भवन अवलोकन गरी दुई पक्ष बिच सहमती गरी अस्थायी मुकाम बुटवल फर्किसक्नु भएको छ ।
मन्त्री चौधरीको घर दाङको देउखुरीमा भएकाले पनि कामकाज गर्न सहज हुने भएकाले मन्त्रालय तत्काल देउखुरीमा ल्याउन लागेको बुझिएको छ । मन्त्रालय आउने भएपछि सिसहनियाँबासी खुसी भएका छन् । लमही भालुवाङको मध्य बिन्दुमा रहेको सिसहनियाँ बजारको मुहार फेरिने अपेक्षा स्थानीयले राखेका छन् ।

यस अघि पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सम्पर्क कार्यालय, पुर्वधार विकास प्राधिकरणको कार्यालय, राजधानी व्यवस्थापन कार्यालय देउखुरीमा आइसकेको छ । अव अन्य मन्त्रालयहरु पनि क्रमश देउखुरीमा आउने बुझिएको छ ।

वडा कार्यालय भवन अवलोकनमा मन्त्री थारु सँगै उहाँका स्वकीय सचिव राजेश चौधरी, पुर्व सांसद रुक्मीणी चौधरी, राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, ५ नम्बर वडा अध्यक्ष गोवर्धन रावत, वडा सदस्यहरु गणेश चौधरी, भानु चौधरी, सिसहनियाँ उद्योग वाणिज्य संघका महासचिव ईश्वरीप्रसाद अधिकारी, राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउत, स्वास्थ्यकर्मीहरु बसन्तकुमार रावत (विके), प्रकाश विष्ट, हिको संस्थाका गरिवु चौधरी, प्रगती नगर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शान्तराज शर्मा, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे