लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी र स्वास्थ्य मन्त्री चौधरी लालमटिया आउँदै



लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी र स्वास्थ्य मन्त्री चौधरी लालमटिया आउँदै

भालुवाङ १ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र स्वास्थ्य मन्त्री इन्द्रजित चौधरी भोली कार्तिक २ गते लालमटिया आउँदै छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिकाले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा सहभागी हुन दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया आउन लागेका हुन् ।

दिउँसो १ बजे महिला भवन हलमा हुने कार्यक्रममा पार्टीका सम्पुर्ण नेतागण, पालिका कमिटीका सचिवालय सदस्यहरु, भातृ संगठनका प्रतिनिधि तथा सदस्यहरु, कार्यकर्ता, शुभचिन्तक लगायत बुद्धिजीवीहरुलाई उपस्थितिका लागि अनुरोध समेत छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे