LISTEN LIVE RADIO

राप्तीमा पुर्वाधार क्षेत्रको प्रगति समिक्षा : योजनाबद्ध तरिकाले कार्य सञ्चालन गर्न सुझाव



राप्तीमा पुर्वाधार क्षेत्रको प्रगति समिक्षा : योजनाबद्ध तरिकाले कार्य सञ्चालन गर्न सुझाव

मसुरीया ३० भदाै । दाङको राप्ती गाउँपालिकाले पूर्वाधार क्षेत्रको प्रगति विवरण सार्वजनिक गरेको छ । पुर्वाधार विकास तथा भवन नियमन शाखाले गत वर्ष भएको प्रगति विवरण सार्वजनिक गरेको हो । जस अन्तरगत राप्ती गाउँपालिकाको गौरवको योजना मध्यको एक राप्ती रिङ रोडमा ८ दशमलव ५ किलोमिटर कालोपत्रे भएको छ । ५ किलोमिटरको नयाँ ट्रयाक खोलिएको इन्जिनियर अशोक बेल्वासेले प्रस्तुत गरेकाे प्रगति प्रतिबेदनमा उल्लेख छ ।

यस्तै गाउँपालिका प्रशासनिक भवनको भौतिक प्रगति ८० प्रतिशत र वडा कार्यालय भवन ५ वटा सम्पन्न भएको छ र २ वटा निर्माणाधिन रहेको छ । भौतिक प्रगति विवरण सार्वजनिक गरिएको समिक्षात्मक कार्यक्रममा गाउँपालिकाको गौरवको योजनाहरु गाउँपालिका भित्र उत्तर दक्षिण जोड्ने रिङ रोड (५ वटा खोलिएको र ३ किलोमिटर कालोपत्रे गरिएको जनाइएको छ ।

पक्की पुल २ वटा पत्थरगढवा र दोलाई खोलामा अन्तिम चरणमा रहेको छ । कोभिड १९ को विकराल अवस्थामापनि पुर्वाधार विकास तथा भवन नियमन शाखाको सक्रियतामा अधिकांस निर्माण कार्य सम्पन्न गर्न कर्मचारी, उपभोक्ता समिति, जनप्रतिनिधि तथा स्थानीय नागरिकहरुको सहयोग प्राप्त भएको ईन्जिनियर वेल्वासेले बताए ।

भवन तथा बस्ती विकास शाखा
समिक्षा कार्यक्रममा पुर्वाधार विकास तथा भवन नियमन शाखाको मातहतमै रहेको भवन तथा बस्ती विकास शाखाको प्रगति प्रतिबेदन समेत पेश गरिएको छ । शाखाका सव ईन्जिनियर प्रदिप प्रसाद बैदिकले प्रस्तुत गर्नु भएको प्रगति प्रतिबेदन अनुसार घर नक्शा पास तथा अभिलेखिकरण र अन्य काम अन्तरगत नयाँ घर नक्सा पास १ वटा, घर नक्सा अभिलेखिकरण १ सय ६ वटा, डिपिआर तयार ६ वटा र जग्गा नापी ८० कित्ता भएको जनाईएको छ ।

सव ईन्जिनियर प्रदिप प्रसाद बैदिकका अनुसार घर नक्शा पास तथा अभिलेखिकरणमा नागरिकको सहभागिता निकै न्यून रहेको छ। घर नक्शा पास नगराई धमाधम घर निर्माण भइरहेको छ। बैँक प्रयोजनको लागि मात्रै घर नक्शा अभिलेखिकरण तथा पास गर्ने गरेको प्रतिवेदन सार्वजनिक गर्दै ईन्जिनियर बैदिकले बताए । नक्शा पास गरेर घर बनाउँदा झन्झटिलो हुने र बढी खर्च लाग्ने आम भ्रम भएकोले पनि नक्शा पास नगर्ने गरेको उनको भनाई रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे